काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड विचकाे खेल अाज हुने

काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड विचकाे खेल अाज हुने

काठमाडाैं, २९ चैत । धनगढि प्रिमियर लिगमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडको विच खेल हुने भएको छ । हिजो हुने भनिएको यि दुवै टोलीको खेल वर्षाको कारणले हुन नसकेपछि आज हुने भएको हो ।

हिजो कैलालीस्थित संघीय इकाई प्रहरीको मैदानमा सुरु भएको खेल दुई ओभरमै रोकिएको थियो ।काठमाडौं गोल्डेन्सले टस जितेर फिल्डिङ्ग रोजेको थियो ।

ओपनिङ ब्याट्म्यान बिनोद भण्डारी ३ र आरिफ शेख ४ रनका साथ क्रिजमा रहेकै बेला वर्षा शुरु भएपछि खेल स्थगित गरिएको थियो । रोकिएको खेल आज हुने आयोजकले जनाएको छ । आजको विजेताले उपाधिका लागि भोली टिम चौराहा धनगढीसँग खेल्नेछ ।