एकता संयोजन समितिको बैठक आज

एकता संयोजन समितिको बैठक आज

काठमाडौं, २९  चैत । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । पटक पटक स्थगित हुँदै आएको संयोजन समितिको बैठक हिजो बस्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको हो ।

आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका दुई दलबीच एकीकृत पार्टीको चुनाव चिन्ह र जनयुद्ध शब्द विधानको प्रस्तावनामा उल्लेख गर्ने नगर्ने बिषयमा सहमति जुटन सकेको छैन ।

विवादित बिषय थाँती राख्दै भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएको चार दिन पछि आज संयोजन समितिको बैठक बस्न लागेको हो । आज बस्ने एकता संयोजन समितिको बैठक विवादित बिषयमा सहमति जुटाउदै निष्कर्षमा पुग्ने बताइएको छ ।