काठमाडौं, २९ चैत । नेपाल तरुण दलले झापाबाट प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोजेकाले लोकतन्त्र बचाउन तरुण दलले देश भरि प्रशिक्षण कार्यक्रम गर्न लागेको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बताउनुभयो ।
झापामा आइतबार सुरु भएको प्रशिक्षण कार्यक्रम देश भर गर्ने तरुण दलको योजना छ । बिगतमा तरुण दलले युवाहरुका पक्षमा प्रयाप्त काम गर्न नसकेकाले संगठन सुदृढिकरण गर्दै सरकारले गरेका असंवैधानिक कामको बारेमा कार्यकर्तालाई जागरूप बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।