कांग्रेसले गण्डकीका सबै नगरपालिकाको उम्मेद्वार टुंगो लगायो

कांग्रेसले गण्डकीका सबै नगरपालिकाको उम्मेद्वार टुंगो लगायो

पोखरा, १२ वैशाख।नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका दुई पालिका बाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ ।

कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति बैठकले टिकट वितरण टुंगो लगाएको हो । गाउँपालिकाकाे टिकट भने जिल्लाबाटै वितरण भइरहेकाे छ ।