

काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ । उनी नेता डा. शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् ।
कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।
कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।