नेकपा एमालेबाट काठमाडौंमा मेयर केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

नेकपा एमालेबाट काठमाडौंमा मेयर केशव स्थापित र उपमेयरमा सुनिता डंगोल

काठमाडौँ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उठाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले यो निर्णय गरेको हो ।

डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी थिइन् ।