काठमाडौं, २८ चैत– ‘मिस नेपाल वर्ल्ड’२०१८ को उपाधि श्रृङ्खला खतिवडाले बाजी मारेकी छिन् । बुधबार काठमाडाैकाे होटल अन्नपूर्णमा सम्पन्न अन्तिम प्रतिष्पर्धामा २५ प्रतिस्पर्धीकाेबीचमा खतिवडा यसवर्षको मिस नेपाल वर्ल्ड घोषित भएकी हुन् ।
उनलाई गतवर्षको ‘मिस नेपाल’ निकिता चान्दकले ताज पहिर्याइदिएकी थिइन् ।
यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले जित्दा मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्यले जितिन् ।