काठमाडाैँ, २८ चैत । अघिल्ला वर्षहरुमा जस्तै यस वर्षको मिस नेपाल आज चुनिदै छ । मिस नेपालको उपाधिका लागि २५ सुन्दरी प्रतिस्पर्धामा छन्।
नयाँ मिस नेपाल प्रतियोगिताको विजेता घोषणा राजधानीको अन्नपूर्ण होटलमा आज साँझ हुने कार्यक्रममा हुने भएको छ । विजेतालाई निकिता चाण्डकले ताज पहिराउने छिन्। मिस नेपालले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् भने फर्स्ट रनर अपले मिस अर्थमा र सेकेन्ड रनरअपले मिस इन्टरनेसनमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यसैगरी चौथो हुनेले मिस एसिया प्यासेफिक इन्टरनेसनलमा सहभागिता जनाउने छिन्।