काठमाडौं, २८ चैत। नेपाली कांग्रेसका दिवगंत नेता खुमबहादुर खड्काको आज १३ औं पुन्यतिथी । आज कांग्रेसले देशभर शोकसभा आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय बिहान ११ वजेपछि शोकसभाको आयोजना गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार देशभरका सबै कांग्रेस जिल्ला कार्यालयमा शोक सभा गर्नका लागि सर्कुलर जारी गरिएको छ ।
खड्काको गृहजिल्ला दाङमा आयोजना हुने शोकसभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि हुने कार्यक्रम रहेको छ ।