राशिफल हेर्नुहाेस् चैत्र २८ गते बुधबार यस्ताे छ

राशिफल हेर्नुहाेस् चैत्र २८ गते बुधबार यस्ताे छ

मेष राशीकाे फलादेश यस्ताे‍ छ

उद्योग / व्यापारमा भनेजस्तो सफलता नभए पनि निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ ।

बृष राशीकाे फलादेश यस्ताे‍ छ

व्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन ।

मिथुन राशीकाे फलादेश यस्ताे‍ छ

कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।

कर्कट राशीकाे फलादेश यस्ताे‍ छ

मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ ।

सिंह राशीकाे फलादेश यस्ताे‍ छ

मनमा नानाथरिका कल्पना र भावना जाग्नेछन् । घरिघरि मानसिक अशान्ति र छटपटी बढ्न सक्छ । दिन ढल्दै जाँदा मायाप्रेम र पारिवारिक सुखका निमित्त अनुकूलता बन्नसक्छ, रसरङ्ग र घुमघामका लागि समय र धनको जोहो हुनेछ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नसक्छ ।

कन्या राशीकाे फलादेश यस्ताे‍ छ

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।

तुला राशीकाे फलादेश यस्ताे‍ छ

प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

बृश्चिक राशीकाे फलादेश यस्ताे‍ छ

नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ ।  विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन ।

धनु राशीकाे फलादेश यस्ताे‍ छ

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

मकर राशीकाे फलादेश यस्ताे‍ छ

मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ ।

कुम्भ राशीकाे फलादेश यस्ताे‍ छ

परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन राशीकाे फलादेश यस्ताे‍ छ

बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । – ज्याेतिष साथीबाट