आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइदै

आजदेखि मेलम्चीको पानी सुरुङमा पठाइदै

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएको बताए ।

अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले जानकारी दिए ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरकाअनुसार काठमाडौँमा पानी आउन अझैँ २ साता लाग्ने छ । गत वर्षको चैत १७ गतेबाट राजधानी काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको भए पनि सुरूङ परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।