६ महिनाभित्र ७ हजार नेपाली कामदार दक्षिण कोरिया जाने

६ महिनाभित्र ७ हजार नेपाली कामदार दक्षिण कोरिया जाने

काठमाडौं । वैदेशिक रोजगार विभागले आगामी ६ महिना भित्र दक्षिण कोरिया जान बाँकी रहेका मध्ये ७ हजार नेपाली कामदारलाई कोरीया पठाइसक्ने बताएको छ ।

सन् २०१८ र १९ मा नियमित भाषा परीक्षा पास गरेका र श्रम सम्झौता समेत गरेका गरी कुल १० हजार कामदार दक्षिण कोरिया जाने प्रतिक्षामा छन् ।

कोरोनाका कारण दक्षिण कोरियाले कामदान लान स्थगित गरेपछि कामदार कोरिया जानबाट बञ्चित भएका छन् । तर, गत असोजबाट दक्षिण कोरियाले कामदार लैजान सुरु गरेसँगै हालसम्म १ हजार ६ सय ७२ जना कोरिया प्रस्थान गरिसकेको विभागले जनाएको छ ।

२ हजारको रोष्टर अवधी समाप्त भएको र ७ हजारले भने कामदारका रुपमा कोरिया जान प्रक्रिया पुरा गरेर उडानको प्रतिक्षामा रहेको विभागले जनाएको छ । हाल दक्षिण कोरीयाका लागि हप्तामा २ वटा उडान भईरहेको र नियमित उडान भएको खण्डमा आगामी ६ महिना भित्र प्रकृया पुरा गरेका ७ हजार कामदारलाई गन्तव्यमा पठाइसकिने विभागको कोरिया शाखाले जनाएको छ । रोष्टर प्रमाणीकरणको समयावधि समाप्त भएका करिब २ हजार श्रमिकको समेत म्याद थप गर्न प्रक्रिया अगाडी बढाइएको छ । भाषा परीक्षा पास गरेका तर रोजगारदाताले अस्विकार गरेका करिब ३ सय कामदारलाई भने अन्य रोजगारदातासंग सम्झाैंताका लागि प्रकृया अगाडी बढाइने भएको छ ।