प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी मन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी मन्त्रीको असन्तुष्टि

सरकार गठन भएको दुई महिना नबित्दै मन्त्रीहरुबीचमै खटपट शुरु भएकाे छ । माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै माओवादीबाट मन्त्री भएकाहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि पाेखेका छन् ।

मन्त्रालयका काममा आफू उत्तरदायी हुनुपर्ने तर निर्णयहरू प्रधानमन्त्रीले जानकारी नदिई गर्दै जाने प्रवृत्ति ठीक नभएको उनीहरूले दाहालसमक्ष गुनासो राखेका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि ३० जना सचिवको सरुवा गरेका थिए । उक्त सरुवामा आफूहरूलाई जानकारीसमेत नदिइएको गुनासो मन्त्रीहरूको छ ।