राशिफल चैत्र २७ गते मङ्गलबार: मेषदेखि मिन राशिसम्म यस्ताे छ

राशिफल चैत्र २७ गते मङ्गलबार: मेषदेखि मिन राशिसम्म यस्ताे छ

मेष हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ ।

बृष हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ । प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ ।

मिथुन हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।

कर्कट हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ । दाम्पत्य जीवनमा निराशा भए पनि अन्य परिवारजनको साथले उत्साहित भइनेछ ।

सिंह हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ । काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र घरायसी जीवनमा उतारचढाव आउन सक्छ । व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन ।

कन्या हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ ।

तुला हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ ।

बृश्चिक हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

चन्द्रमाको शुभफलमा कमी आउनाले मिश्रित प्रभाव भएको समय हुनेछ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिलाई बेवास्ता गर्नाले लक्ष्य पहिल्याउन धौधौ हुनेछ ।

धनु हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् ।

मकर हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

आफ्नै घरमा चन्द्रमा भए पनि मिश्रित प्रभाव भएको दिन छ । विभिन्न अवसर आए पनि व्यस्तता र कमजोरीका कारण मौकाको फाइदा उठाउन सकिंदैन । समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । भेटघाटको अलमलले काम रोकिन सक्छ । त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो, आज ।

कुम्भ हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।

मीन हुनेहरुकाे राशिफल कस्ताे छ भाग्य

मिहिनेत र लगनशीलताको खाँचो छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ । तर योजनाबद्ध भई काम गर्न सके समय उत्साहवद्र्धक रहेको छ । -ज्याेतिष साथीबाट