स्थायी राजधानी कहिले ?

स्थायी राजधानी कहिले ?

दाङ, २६ चैत ।  प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ,  पाँच बर्षसम्म पनि अस्थायी रुपमै चल्न सक्छ । आजको नागरिकमा खबर छ ।

महराको आशय प्रदेश ५ को राजधानी स्थायी हुने न्युन सम्भावना भन्ने अर्थमा भने थिएन । राजधानीको अपेक्षामा लामो समयसम्म रहेका दंगालीको आशालाई जीवितै राख्न उनले अस्थायी राजधानी नहुँदैमै आशा मार्न नहुनेमा आश्वस्त पार्न खोज्दै थिए । महराको भनाई अर्थ जे सुकै भए पनि उनले भने जस्तै स्थायी मुकाम तोक्न निकै कठिन देखिएको यो प्रदेशले अस्थायी मुकामकै भरमा आफनो अवधि पुरा गर्ने होकि भन्ने सम्भावना नकार्न सकिन्न ।