

काठमाडौं, १९ चैत।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उनीहरुले त्यहींबाट भर्चुअल रुपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।संयुक्त रुपमा उद्घाटन गरिएका परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।