आज देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, १६ चैत।आज देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतको विहार आसपास रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी प्रदेशमा आज दिउँसो आंशिकदेखि सामान्य बदली भएपनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने छ । यस्तै राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै भोलि दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी कम पर्दा गर्मी बढ्नेछ । विशेषगरी तराई भूभागमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।