काठमाडाैं, १६ चैत।त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दैछ ।
खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ । यी दुई टोलीले नै पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै श्रृङ्खलामा विजयी सुरुआत गरेका छन् ।