कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे आज निर्णय लिने

कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे आज निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा के कस्तो प्रकारको गठबन्धन गर्ने वा नगर्ने भन्ने बारेमा आज केन्द्रीय समितिको बैठकबाट निर्णय गर्दैछ ।

गत शुक्रवार कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको थियो । हिजोको बैठकमा नेताहरूले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने बताएका थिए । आजको बैठकमा बोल्न बाँकी रहेका पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको धारणापछि आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय टुङ्गो लाग्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानाकारी दिए । हिजोको बैठकमा ५० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।