गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

विराटनगर, २५ चैत । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । 

विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

उहाँ विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि आउनुभएको हो । अभियुक्तको खोजवीन भइरहेको प्रहरीले जनाएको छ ।