बुटवल – बुटलवमा रहेको भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। आइतबार बिहान विद्युत सर्ट भई आगो सुरु भएको हो। पाँच बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
६ तले भवनको छैठौँ तलामा आगो लागेको हो। छैठौँ तलाबाट सुरु भएको आगो पाँचौ तलामा समेत झरेको छ। आगो नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीबाट दमकल आएका छन्।
सुपर मार्केटको माथिल्लो तलमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । इलेक्ट्रिक सामान रहेको तलबाट आगलागी भएको हो ।
नेपाली सेना, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ । भाटभटेनी सुपर मार्केट करिव डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो। इलेक्ट्रोनिक र कार्पेट राखिएको तलमा आगो लागेको हो। ती सामानहरू जलेर नष्ट भएका छन्। क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।