

काठमाडौं, १ चैत।सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मन्त्री कार्कीका अनुसार आज राती १२ बजेबाट लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो ।
गत भदौ २३ मा सुरु भएको संसद अधिवेशन एमालेले लगातार अवरुद्ध गर्दै आएको थियो ।