साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । साउदी अरबका विदेशमन्त्री, राजकुमार फैसल बिन फहरान अल साउद नेपालको औपचारिक भ्रमणका लागि आज अपराह्न्न आउँदै छन् ।

नेपालको औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भोलि भेट गर्ने कार्यक्रम छ । दुई दिने भ्रमणका लागि साउद नेपाल आउन लागेका हुन् ।