नयाँदिल्ली । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा अाज बिहान एक समारोहबीच ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।
सम्मान ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको सम्बन्ध महत्वपूर्ण रहेकाे र दुई देशबीचको सम्बन्ध पुरानै भएको उल्लेख गर्दै ओलीले आफ्नो भ्रमणबाट सम्बन्ध अझ उचाे भएकाे बताए।
गार्ड अफ अनर लिनका लागि राष्ट्रपति भवन पुगेका प्रधानमन्त्रीलाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । समारोहमा गृहमन्त्री राजनाथ सिंह, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।