कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्क भन्दा तेब्बर बढी

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्क भन्दा तेब्बर बढी

काठमाडाैं ।कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्क भन्दा तेब्बर बढी रहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले विश्वका १९१ देशमा गरेको अध्ययनले कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा तेब्बर भन्दा बढी रहेको दाबी गरेको हो । अध्ययनले अहिलेसम्म कोभिड–१९ बाट विश्वभर एक करोड ८० लाख मानिसको मृत्यु भएको देखाएको छ । केही मृत्युहरु भाइरसका कारण भएको र केही सङ्क्रमणसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको सङ्क्रमणलाई महामारी घोषणा गरेको दुई वर्ष पुगेको सन्दर्भमा सार्वजनिक भएको प्रतिवेदनले यस्तो देखाएको हो ।

डब्लुएचओका अनुसार अहिले विश्वभर कोभिड–१९ का कारण ६० लाख १९ हजार ८५ जनाको मृत्यु भएको छ । तर कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले भने अहिलेसम्म ६० लाख ५१ हजारभन्दा धेरैको मृत्यु भएको उल्लेख गरेको छ ।