राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्दै

राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्दै

काठमाडौं । राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ जना सदस्यले आज बिहान बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा शपथ ग्रहण गर्नेछन् ।

१२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ जना सदस्य निर्वाचित भएका थिए । राष्ट्रियसभाका १९ सांसदको चार वर्षे कार्यकाल हिजो सकिएपछि नयाँ निर्वाचित भएर आएकाहरूले आज शपथ ग्रहण गर्न लागेका हुन् ।