

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको तीन दिने भ्रमणमा ५० सदस्यीय जम्बो प्रतिनिधि मण्डल नयाँ दिल्ली जाने भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयले ४२ जनाको नाम प्रस्ताव गरेको स्रोतले बताएको छ। प्रधानमन्त्री कार्यालयको नामको सूची त आउनै बाँकी छ ।
-परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ।
-अर्थमन्त्री डा. युवराज खतिवडा ।
-उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव ।
-परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी ।
-परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी ।
-मुख्यसचिव लोकदर्शन रेग्मी ।
-सांसदहरु दिनानाथ शर्मा, शरदसिंह भण्डारी, रामेश्वर यादव, विमलप्रसाद श्रीवास्तव, सीताराम महतो, उमा रेग्मी, गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर र शान्ता चौधरी ।
-प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, विष्णु रिमाल
-प्रेस सल्लाहका,र डा. कुन्दन अर्याल ।
-प्रधानमन्त्री निकट परराष्ट्रविद् तथा नेपाल भारत प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराई ।
-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्रा, इच्छाराज तामाङ ।
-प्रधानमन्त्री पत्नी, राधिका शाक्य ।