रोल्पा, ९ फागुन.रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् ।घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा१ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रीत भएर पल्टीएको थियो ।