थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, ८ फागुन।नेपालमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ३ हजार २ सय ४३ जनामा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय ३८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५१ हजार ३ सय ९४ जना निको भएका छन् ।

हाल नेपालमा १२ हजार २ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।