

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । यशोदाको सोमबार राति १० : ४५ बजे ललितपुरको हरिसिद्धिस्थित एक अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । ६७ वर्षीय यशोदा ५ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको निर्देशक भट्टराइले बताए । मदन र यशोदाका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेका छन् ।