थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं, १ फागुन।पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।