काठमाडौं, १९ चैत । अाज नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गरेको हो । यो दर अाज मध्यराति १२ बजेबाट लागू हुनेछ ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरकाे ८५ रुपैयाँ पुगेको छ ।