आज देशभरको मौसममा आंशिक बदली रहनेः मौसम पूर्वानुमान महाशाखा

आज देशभरको मौसममा आंशिक बदली रहनेः मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, २५ माघ।नजल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिक बदली रहने बताएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा देशभरको मौसम सफा रहने जनाएको हो । देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पुर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश भू–भागमा मौसम बदलीसँगै चिसो बढ्ने भएकाले त्यसबाट जोगिन आग्रह गरेको छ ।