कांग्रेसले सात दिन झण्डा आधा झुकाउने

कांग्रेसले सात दिन झण्डा आधा झुकाउने

काठमाडौं । पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा नेपाली कांग्रेसले सात दिन आधा झण्डा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै चैत १८–२२ गतेसम्म सबै कार्यक्रम स्थगित गर्ने र पार्टी मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

‘पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिका कार्यालयहरू बन्द गर्नेे तथा शोक/श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गरिने पार्टी कार्यालयका सचिव प्रेम केसीले बताए ।