चर्चित युवा नेताको विकासवादी सोच

चर्चित युवा नेताको विकासवादी सोच

-सुकदेउ-

अष्ठधातु भएको विश्वको ठाउँहरु मध्ये एक प्रसिद्ध ठाउँ रामग्राम नगरपालिकाको उज्जैनी । अर्थात भगवान गौतम बुद्धको समाधिस्त खरानी(जसमा विभिन्न तत्वहरु मिसेकाे)। त्यही भुभागहरुको सँरक्षणको जिम्मेवारी विगत पाच बर्ष देखि निभाउँदै आएका छन् जनताका सेवक भनेर रुचाउने नरेन्द्र कुमार गुप्ता । देख्दा शालिन,शौम्य र बौद्धिक व्यक्तित्वको आभास झल्किने मेयर बिगत करिब पाँच बर्ष देखि जनताको सेवामा तल्लिन भइरहन्छन् भनी स्थानियहरु बताउँदछन् । आफ्नो कार्यकालमा रामग्राम स्तुपको विकास र पहिचान विश्व भरी दिलाउँन अहम योगदान गर्दै आएका छन । हामी सबैलाई अवगत नै छ रामग्राम स्तुपको पहिचान स्थापित गर्न स्पेनको सँसद कक्षमा जोडदार रुपमा आफ्नो मन्तव्य राखेका थिए । त्यति मात्र होइन रामग्राम स्तुपको पहिचानको लागि स्पेनका मन्त्री, साँसद ,बौद्धिक व्यक्तित्वहरुलाई समेत अवगत गराएका थिए ।

रामग्राम स्तुपको आर्कषणमा धेरै इटा थप्नुभएको हामी पाउन सक्द्छौ । आज पर्यटनको आधार मानिने होटलहरु र बिस्राम स्थलहरु खुलिन थालेका छन, बाटो फराकिलो भएको छन् । पर्यटनलाई थप मदत पुगोस भनेर रामग्राम जाने बाटोतिर परासीमा घण्टाघरको निर्माण समेत थालिएको छ र एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको मेयर बताउँदछन्। एउटा चर्चित भनाई छ ”रोम एक दिनमा बनेको होइन” । मेयर विगत करिब पाँच वर्ष देखि रामग्रामको बिकासको साधनामा तल्लिन छन भनी पत्रकार रँजित शर्मा वताउँदछन। चुनावको बेला घोषणा गर्ने र झुटो आश्वासन दिने कारणले नेपाली जनताहरु पिडित भइरहदाँ रामग्रामका मेयर आफुले गरेको बाचालाई पुरा गर्न एक मिनेटको समयलाई समेत खेर नफाली निरन्तर रामग्रामको गरिमालाई जोगाउन लागिपरेका छन् ।

मेयरको मुख्य ध्येय पर्यटनलाई आर्कषित गर्नुरहेको छ । हो पनि आजको विश्वमा पर्यटन देश तथा स्थानियको आर्थिक विकाशको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । हामी प्राय सुन्ने गर्छौ भारतीय प्रधानमन्त्रीको भाषणमा “पर्यटनको विकाश गर्नुपर्दछ” भनेर । आर्थात पर्यटनले समग्र बिकाश गर्दछ । ती कुराहरु प्रभावित भई मेयरले प्रर्यटनको विकाश गर्नुपर्दछ भनेर जोड दिन्छन् । उनको कामको गतिशिलतामा कोभिड १९ ले ठुलो असर गरेको भनी उल्लेख गर्दछन् । कोभिड १९ सँग लडीबुडी पनि रामग्रामको आधुनिकिकरण गर्न सफल भएका छन भन्ने जग जाहेर छ । हामी हेर्न सक्छौ बुद्ध चोक देखि निलो गेट सम्म र परासी —भैरहवा सडक खण्ड सम्म बाटो आर्कषक देखिन्छन । त्यति मात्रै होइन हरियाली शहरको रुपमा बिकाश गर्ने काम अगाडी बढाइरहेका छौ भनी मेयर भन्नुहुन्छ ।छौ ओटा गाउँहरुलाई नमुना गाउँ बनाउने तिर लागिपरेका छन् । आज धैरे पुल,कलभर्ट ,बाटाहरु बनिसकेका र बन्ने क्रममा छन् ।

रामग्रामको समग्र बिकाशको लागि भौतिक पुर्वाधारहरु तीव्र गतिमा बनिरहेका छन् । नगर भित्रका बाटोहरु पनि बनिरहेका छन् । शिक्षाको कुरा गर्ने हो भने शैक्षिक स्तरपहिलाको तुलनामा धेरै सुधार भएको पाउछौ । आर्दश मा वि परासी ले नमुना विघालयको अवधारणा अन्र्तगत परेको छ । त्यति मात्रै हैन विद्दालयको पुर्वाधारहरु पनि बनेका छन र बन्ने क्रममा छन । त्यसै गरी मधेशको समाजलाई कसरी समाजिक स्तरमा उकास्न सकिन्छ भनेर लागिपरेका छन् । त्यति मात्रै होइन गरिबहरुको लागि खाद्दान्नको व्यवस्था गर्ने गरेका छन ।

अहिलेको जल्दो बल्दो विषय भनेको युवा बेरोजगारी ।अहिले धेरै युवाहरु वेरोजगार भई बिदेसिनु परेको छ । यो देशकै मुल समस्या हो । युवाहरु लाई रोजगारी उपलब्ध गराउन औधोगिक ग्रामको बिकास गर्न लागिपरेका छन् । कोभिडको बेला लकडाउनको अवस्थामा दिनरात नभनीकन जनताहरुको सेवामा तल्लिन थिए भनेर स्थानियहरु बताउँदछन् । रामग्रामको क्षमताले भ्याएसम्म जनताको सेवामा महामारीको बेला अभ्यस्त थिए । हामीलाई थाहा छ महामारी भनेको ठुलो सँकट हो भनेर । तथापि सँकटमा जनताहरुको समस्या निराकरणको लागि तल्लिन थिए ।

आगामी दिनहरुमा औघोगिक बिकाश , पुर्वाधार,सरसफाई ,पर्यटन र झरही खोलाले पुरयाउदै आएको समस्याको समाधानको निम्ति लागिपर्ने मेयर बताउँदछन् । काम गर्न विभिन्न बाधा व्यवधानहरु सँग जुझ्दै रामग्रामको विकाशको निम्ति अगाडि बढेको उनको भनाई रहेको थियो । पर्यटनबाट केही हदसम्म बेरोजगारीको अन्तय गर्ने उनको लक्ष्य रहेको छ ।हामी लाई थाहा छ पर्यटन बाट सम्बन्धित ठाउँको सबै व्यक्तित्वहरुलाई आम्दानी हुन्छ, यतिसम्म कि चटपटेलाई पनि । साकारात्मक सोचका धनि मेयर रामग्राम बासीको जिवनस्तर सुधार्न चिन् तित देखिन्छन् । उपमेयर, सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोगले रामगा्रम बिकसित र बिकासका कामहरु बघि बढेका छन् भनी मेयर भन्दछनर् ।

रामग्राम एक निडर ,विकासप्रेमी , दुरदर्शी मेयर पाएर समृद्धिको यात्रामा अनवरत रुपमा अगाडी बढेको छ ।आगमी दिनहरुमा पनि यस्तै मेयर रामग्रामले पायो भने पक्कै पनि यसको मुहार झन चमक्लिो हुनेछ भनी एक शिक्षक बताउँदछन्। रामग्राममा अझ धैरै कामहरु गर्न बाँकी रहेको मेयर बताउँदछन् ।