अाज अप्रिल फुल ख्याल गर्नुहाेस् हैँ: के हो अप्रिल फुल? कसरी मनाउन थालियो ?

अाज अप्रिल फुल ख्याल गर्नुहाेस् हैँ: के हो अप्रिल फुल? कसरी मनाउन थालियो ?

अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ लाई संसारका धेरै मुलुकमा मुर्ख दिवस मान्ने गरिन्छ। यद्यपी यो दिवस संसारको कुनै पनि मुलुकले औपचारिक रुपमा भने मनाउँदैनन्। यो दिन एक अर्कालाई हानी नपुग्ने गरि मात्र रमाइलोको लागि एकछिनलाई मुर्ख बनाएर मनाइन्छ यसलाई एक किसिमको मजाक गर्ने दिनको रुपमा लिइन्छ।

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो। तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।

१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो। तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेला सम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो।

अप्रिल १ लाई मुर्ख दिवस मनाउनुको अर्को एक कारण पनि देखिन्छ। अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ जुन सन १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे । चान्सरको मतलव सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इन्ग्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो। तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । तर कुरा आयो १ दिनको त्यो ३१ तारिख पछिको दिनलाई मार्च ३२ भन्ने वा अप्रिल १ भन्ने यहि दोधारका बीच त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ ।

पछिल्लो समयमा अप्रिल फुललाई मजाकको रुपमा लिई एकले अर्कलाई मुर्ख बनाउने प्रवृति बढेको देखिन्छ। बिभिन्न सामाजिक संजाल मार्फत होस् वा फोन कल मार्फत होस एक अर्कोलाई मुर्ख बनाइ रमाइलो गरिने भएता पनि कहिलेकाहीँ संबेदनशीलता ख्याल नगरी मजाक गर्दा कुनै अप्रिय घटनाहरु पनि घट्न सक्ने कुरालाई भने ख्याल गरिनु जरुरि छ।