गाडी ताेडफाेड गर्ने जनमतका कार्यकर्तामाथि कारबाही गर्न मधेस सरकारकाे निर्देशन

गाडी ताेडफाेड गर्ने जनमतका कार्यकर्तामाथि कारबाही गर्न मधेस सरकारकाे निर्देशन

जनकपुरधाम । मधेस प्रदेश सरकारले जनकपुरधाममा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका प्रतिनिधिको सवारीसाधनमा ताेडफाेड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि काराबाहीकाे निर्देशन दिएकाे छ ।

मधेस प्रदेश सरकरका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै ताेडफाेड र सांघातिक आक्रमण घटनाको वास्तविक छानविन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन् ।

पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएकाे प्रदेश सरकारले जनाएकाे छ ।

‘घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,’ अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।