आफ्नैबाट अपहेलित खुमबहादुर खड्का

आफ्नैबाट अपहेलित खुमबहादुर खड्का

छायाचन्द्र भण्डारीले लेखेकाे याे खबर न्यूज अभियानमा प्रकाशित छ ।

‘कहिले लड्यौ–कहिले मिल्यौ
हकी स्वभाव समान थियौ
आज तिमी विदा भयौ संसारबाट
श्रद्धाञ्जली तिमीलाई’

एमाले उपाध्यक्ष बामदेव गौतमले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएपछि लेखेको भावुक अभिव्यक्ति हो यो ।

मृर्गौला रोगबाट पिडित खड्काको ६६ वर्षको उमेरमा उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा अप्रत्याशित निधन भयो । गौतमको यो अभिव्यक्तिले नै पुष्टि गर्छ नेता खड्का हक्की थिए ।

उनी सिद्धान्तमा अडिक थिए, र पार्टीको मूल्य मान्यतामा सदैव विश्वास राख्थे । जति आपत आइलागे पनि त्यसबाट उनी विचलित भएनन । राजनीतिमा निरास हुनुहुन्न भन्ने सन्देश पनि दिएर परलोक भएकाछन् खुमबहादुर खड्का । राजनीतिक इतिहास हेर्ने हो भने खड्काको सर्घष डरलाग्दो छ । प्रजातन्त्रका लागि खड्का लामो समय लडे ।

जिउधनको कुनै प्रवाह गरेनन् इतिहास साक्षी छ । जन्मेपछि मृत्यु अवस्य हुन्छ । यो सर्वसत्य हो, कसैले रोकेर रोकिन्न । तर, कसैको मृत्यु अलि छिटो हुन्छ, कसैको अलि ढिलो, त्यतिमात्र फरक हो । सायद, धेरै नजिक भएर होला खड्काले अलि छिटो धर्तीबाट विदा लिएजस्तो लाग्यो ।
पाँच बर्ष नपुग्दै आमा चन्द्रकला खड्कालाई गुमाएका खड्काको संघर्ष त्यहीबाट सुरु भयो । १२ जेठ २००८ मा दाङको साविकको धर्ना गाविस ६ भैंसापर्थामा जन्मेका खड्काको परिवार राजनीतिक थियो ।

बाबु टेकबहादुर उनी नजन्मदैबाट जिल्ला स्तरिय नेता थिए । राजनीति के हो भन्ने बुझेपछि खड्का पनि बाबुकै बाटोमा लागे र भरतपुरस्थित पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दापढ्दै कांग्रेसी भए ।

हक्की स्वभावका खड्काले राजनीतिमा होमिए लगत्तै राजद्रोहको मुद्दा खेप्नु प¥यो । जिल्ला अदालत दाङ देउखुरीकोको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्नराज्यलक्ष्मीको तस्बिरमा ढुंगा हानेपछि पञ्चायतको निर्देशनमा राजद्रोहको मुद्दा लगाउने निर्णय गरेपछि उनीसहित ७ जना भागेर बनारस पुगे । त्यहाँ पुगेपछि उनको राजनीतिको मोड बदलियो ।

किनकी उनले त्यहाँ पुग्दावित्तिकै आफ्ना आस्थाका धरोहर विश्वेश्वरप्रसाद कोइराला(वीपी)लाई भेट्टाए । उनी निर्वासनमा रहदाँ खड्का भेट्न जान्थे । पुग्दावित्तिकै वीपीले भन्थे ‘बस’ । खड्का जस्तो अवस्थामा हुन्थे त्यही थचक्कै बस्थे । यसले के पुष्टि गर्छ कि विपीसंग सबै डराउथे, जे भन्यो, त्यही तक्काल मानिथ्यो ।

प्रजातन्त्र नआउँदासम्म शीर्ष नेताको अभिव्यक्ति कसैले काट्दैनथ्यो । तर, अहिले त नीति, सिद्धान्त, मूल्य मान्यतालाई नेताहरुले तिलाञ्जली दिएको भन्दै खड्काले चिन्ता व्यक्त गरिरहन्थे । हक्की स्वभावका युवा देखेपछि चतुर वीपीले निर्वासनमा रहदासम्म आफैसंग राखे । करिव ७ बर्ष त्यतै विताएका खड्का २०३३ सालमा वीपी मेलमिलापको नीति ल्याएर नेपाल फर्किँदा संगै फर्किए ।

प्रवासमा रहेर राजनीति यात्रा अघि बढाएका खड्काको इतिहास डरलाग्दो छ । बीपीले भने पछि कुनै पनि कुरा नाई भन्न नसक्ने हक्की,निडर र लडाकु स्वभावका खड्कालाई बनारस स्थित कलेजले राजनीति गरेको भन्दै कलेज निकाला गरिदियो । तत्काल बीपीकहाँ पुगेर कलेज निकाला का बारेमा बताउँदा बीपीबाट प्रभावित भएर जनताको मुक्तीका लागि राजनीतिलाई मेरुदण्ड बनाए ।
तर, नेपाल फर्किए लगत्तै खड्कालाई तत्कालिन पञ्चायतले पक्रियो । हक्की स्वभावका खड्कालाई कांग्रेसको राजनीतिको रस पसिसकेकाले तत्कालिन शाशकले अनेक लोभ देखाउँदा पनि पार्टी त्यागेनन् ।

३६ सालको जनमत संग्रहका वेला जेलबाट निक्लिए लगत्तै पार्टी केन्द्रिय सदस्य बनेका खड्का त्यसपछि कांग्रेसको राजनीतिमा सधै मियोका रुपमा रहे ।

राजनीतिक जीवनका क्रममा ८ बर्ष भन्दाबढि जेल जिवन विताएका खड्का पार्टी महामन्त्रीसम्म बन्न भ्याए । निरंकुश शाशनको बिरुद्ध लड्दै गर्दा राजनीतिक यात्राका क्रममा परिवारसँग सँधै टाढा हुनुपरेको अतित सुनाउदैँ खड्का भन्थे,छोरी जन्मिएको खबर त पाए तर सँगै बसेर पारिवारीक दुख सुख साट्न पाइएन । तत्कालिन सरकारले लखेटेको लखेट्यै ,म संगठन बिस्तारको लागि जिल्ला जिल्लामा ।

वि.सं. २०६० सालपछि प्राय दिन खड्कासंग मेरो भेट वार्ता हुने अवसर मिल्यो । मेरो खड्कासँगको संबन्ध पत्रकारिता बाहेक राजनीतिकरुपमा पनि थियो । नेता होस् या कार्यकर्ता कहिल्यै तिमि सम्म नभनि तपाईबाटै संबोधन गर्ने खड्काको असल बानी कार्यकर्ताको समस्यालाई आफ्नो समस्याका रुपमा लिने हो ।

भेटमा खड्काले सदैव भन्थे ‘राजनीतिमा सत्रुसंग भन्दा बढि मित्रसंग डराउनु पर्छ ।’ हुन पनि त्यहि भयो, आफ्नै पार्टीका नेताहरुको कोपभाजनमा परेर उनले अन्तिम अवस्थामा दुःख पाउन प¥यो । पार्टीकै शिर्ष नेताले खड्कालाई ठेगान नलगाए आफ्नो पद खोसिन सक्ने डर मानेर अख्तियारलाई डाम्न लगाए । यस्ता डिजाइनका बारेमा जनजनलाई जानकारी भयो । हुने क्रम छ । म आज तेता जान चाहान्न । त्यो नै उनका लागि अभिसाप बन्यो ।

३६ सालदेखि निरन्तर पार्टीको केन्द्रिय समितिमा र जनताको मन मनमा रहन सफल उनी २०४६ सालको जनआन्दोलन सफल भएपछि पटक–पटक महत्वपूर्ण मन्त्रालय सम्हाले । खड्का प्रभावशाली नेताहरु कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको निकटमा रहेर काम गरे । उनले आफै बेला बेलामा भन्ने गर्थे ‘हाम्रो पार्टीको साचो नेता भट्टराई र सिंह हुनुहुदो रहेछ ।

तर, वेलैमा मैले संगत गर्न पाइन ।’ भट्टराईले पनि खड्कासंग भन्ने गर्थे ‘मैले पनि तिमीलाई चिन्न सकिन, तिमीले पनि मलाई चिनेनौं ।’ यो गिरिजाले किसुनजीलाई प्रधनमन्त्रीबाट हटाएपछि खुमबहादुर भेट्न जादाँ उनले भनेको बाक्याम्स हो ।

साँचोअर्थमा भन्दा शेरबहादुर देउवालाई नेता बनाउने खड्का नै हुन । सायद खड्काले साथ नदिएको भए देउवाले २०५८ मा पार्टी फुटाउने आट गर्न सक्ने थिएनन् । त्यही पार्टी फुटाउन देउवालाई साथ दिएपछि गिरिजाले खड्कालाई खेद्न सुरु गरे । त्यही वेला बाटो विराएपछि उनको ओरालो लाग्ने क्रम सुरु भयो । त्यो ओरोलोबाट उनी परलोक हुदाँसम्म माथि उठ्न सकेनन् । त्यो नै जीवनमा उनले गरेको सबैभन्दा ठुलो गल्ती बन्यो । खड्काले सार्वजनिक रुपमा नै भन्दथे ‘पार्टी फुटाउदा शेरबहादुरजी लाई सहयोग गर्नु, र कोइराला परिवारमा विशेषगरी गिरिजाप्रसाद कोइरालालाई पिता सरह मान्नु राजनीतिक रुपमा मेरो जिवनको ठुलो गल्ती भयो ।’

२०५९ सालमा भ्रष्टाचार मुद्दा लागेपछि खड्काले आफ्नो ध्यान त्यतै केन्द्रित गर्नु प¥यो । पार्टी नेतृत्वमै लागेपछि उनका अनेक प्रयास विफल भए अन्ततः विशेषबाट सफाई पाएका खड्कालाई सर्वोच्च अदालतले दोषी ठह¥याएपछि जेल परे । कानुन अनुरुप ‘जेल जीवन’ विताएर बाहिरिएपछि पनि निर्दोष रहेकाले कार्यकर्ताले उनको पछि छाडेनन् । त्यसको कलियो प्रमाण हो, २ वर्षअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा खड्काले दोस्रो बढी मत पाएर केन्द्रीय सदस्यमा जित्ने ।

राष्ट्रवादी नेताकारुमा चिनिएका खुमबहादुर खड्का लोकप्रिय र शक्तिशाली नेताका रूपमा स्थापित भएरनै गिरिजाप्रसाद कोइराला , सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसम्मलाई निरन्तर ‘खिल ‘जस्तै भए । कांग्रेसले धर्म निरपेक्षतामा साथ दिएकोमा खुलेरै आपत्ती जनाउँदै आएका खड्काले मुलुकलाई हिन्दु राष्ट्र कायम गराउनुपर्छ भन्दै पार्टी भित्रै बसेर महाअभियाननै चलाएका थिए ।

खड्का कहिल्यै पनि आत्तिएनन् । धैर्यता राख्नु पर्छ । समय बलवान हुन्छ भनिरहन्थे । राजनीतिक लक्ष्यमा कहिल्यै विचलन पनि देखिन् । लक्ष्य लिएर अघि बढे । धेरैको मन जिते तर कांग्रेसका केहि लिडरको चित्त बुझाउन सकेनन् । लडिरहे लडिरहे । उनलाई फसाउन धेरै प्रकारका शक्तीको दुरुपयोग पनि भयो त्यो समयले नै बताउँला ।

जनीतिक यात्रामा परिवारको भने दह्रो साथ पाएका खड्काका श्रीमती, एक छोरी र एक छोरा छन् । ५ भाई मध्येका काइला खड्काका ११ दिदी बहिनी थिए । उनका दाजुभाई मध्ये एक जना मात्र जिवित छन् ।