नेपालको ललितकलाको बिकासका लागि मोबाइल एप सार्वजनिक

नेपालको ललितकलाको बिकासका लागि मोबाइल एप सार्वजनिक

१७ चैत । ललिलतकलाको सम्र्बद्धन, प्रबर्दन र बिकासका लागि नेपाल फाईन आर्ट (Nepal Fine Arts ) मोबाइल एप आज सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा उड्यन मन्त्री रबिन्द्र अधिकारीले मोबाइल एप सार्वजनिक गर्दै नेपालको ललितकलाको विकास हुने बताउनु भयो । उँहाले उक्त एफ मार्फत ललितकला अन्तराष्ट्रमा पुग्न सफल भएको बताउदै विदेशीले स्वदेशी कलाको बारेमा सजिलै जानकार हुने भएकाले खुसी ब्यक्त गर्नु भयो ।

प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष माधव बरालले ललिलतकलाको बिकासका लागि सहयोग गर्न हरदम तयार रहेको र (Nepal Fine Arts ) एपमार्फत नेपालको कला जगतको बिकास हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उक्त नेपाल फाईन आर्ट एपमा एप कला प्रर्दशनी, नेपाल भरका आर्ट कलेजहरु, ग्यालरीहरु, नेपालका सम्पूर्ण कलाकारहरुको ब्यक्तिगत विबरण लगाएत ललितकला सम्बन्धि सम्पूर्ण जानकारी रहेको एपका संस्थापक नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका प्राज्ञ नगेन सिहंले जानकारी दिनुभयो । प्राज्ञ नगेन सिहंले ललितकलालाई डायमण्ड युगमा पुर्याउनका लागि एपको निर्माण गरेको बताउनुभयो । प्रेस चौतारी नेपाल, कास्कीको सहयोगमा(Nepal Fine Arts )एप सार्वजनिक गरिएको हो ।