हाम्रो जीवन प्लेनमा बस्दा नेगेटिभबाट सुरु भएपनि पोजिटिभमा टुंगिन्छः पाइलट विजय लामा

हाम्रो जीवन प्लेनमा बस्दा नेगेटिभबाट सुरु भएपनि पोजिटिभमा टुंगिन्छः पाइलट विजय लामा

काठमााडैं, १७ चैत । लेखन कुन्जमा आयोजित अनुभव श्रृंखला ३ मा आजको अतिथि क्याप्टेन विजय लामाले आफुले क्याप्टेन हुँदाको अनुभव सेयरिङ गर्नु भएको छ ।

प्लेनमा कसरी दुर्घटना हुन्छ र कसरी त्यो न्युनिकरण गर्न सकिन्छ भनेर लेखन कुन्जमा पाईलट विजय लामालाई निम्ता गरेको आयोजक संस्थाको अध्यक्ष कमल ढकालले बताउनुभयो । भर्खरै भएको युएस बंगला विमान दुर्घटनामा परि राजधानीमा दर्जनौको मृत्यु भएको थियो । पाईलट विजय लामाले संसारमा भएको दुर्घटना र रोकिएको केही घटनाबारे जानकारी गराउनु भएको थियो ।

पाईलट र विमानस्थलको त्रुटीको कारण त्यो घटना भएको हुन सक्ने तर पाईलटले कहिल्यै गल्ति नगर्ने बताउनुभयो । साहित्य , अध्यात्म, कला र विज्ञान भन्दा पनि जीवन महत्वपुर्ण हुने र जीवनको कुरा जीवनलाई सुनाउनकै लागि अनुभव सेयरिङ कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष ढकालले बताउनुु भयो ।

पाईलटको जीवन प्लेनमा बस्दा नेगेटिभबाट सुरु हुने तर पोजिटिभमा टुंगिने बताउनु भयो । बिमानमा बस्दा हाईज्याकरहरु आए के गर्ने भनेर पहिल्यै पाईलट सचेत हुने, पड्किए के गर्ने पहिल्यै सचेत हुने उहाँले बताउनु भयो ।
नेपालीलाई जोड्ने झन्डा र महाविपत्ति हो भन्दै आफुले छातिमा जहिल्यै नेपाली झन्डा राखेर हिड्ने बताउनु भयो ।
यसअघिको कार्यक्रममा रवीन्द्र मिश्र र लोकेन्द्र बाहादुर चन्दले आ–आफ्नो अनुभव सेयरिङ गर्नु भएको थियो ।