गुल्मी पल्लिकोटमा एमालेबाट २० जना कांग्रेसमा प्रवेश, तरुण दल अध्यक्षमा खनाल

गुल्मी पल्लिकोटमा एमालेबाट २० जना कांग्रेसमा प्रवेश, तरुण दल अध्यक्षमा खनाल

-राज भण्डारी

गुल्मी,६ माघ।छत्रकोट ०२ पल्लिकोटमा हिजो माघ ५ गते तरुण दल समिति गठन तथा विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको छ।

कार्यक्रममा २० जना एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। प्रवेश गर्ने सम्पुर्णलाई नेपाली कांग्रेसका नेता अन्नतराम पौड्याल र पुर्ब तरुण दल पल्लिकोट अध्यक्ष मिलन राकसले अबिर र माला लगायर स्वागत गर्नु भएको थियो।कार्यक्रममा तरुण दल समिति गठन पनि हिजो सम्पन्न भएको छ ।तरुण दल अध्यक्षमा सुमन खनाल चयन हुनुभएको छ। स्वागत मंत्ब्य नेपाली कांग्रेस वडा अध्यक्ष रुक बहादुर रासकोटिले राख्नु भयको थियो |