खुमबहादुर खड्काको पार्थिब शरीर भोली काठमाडौ ल्याइने

खुमबहादुर खड्काको पार्थिब शरीर भोली काठमाडौ ल्याइने

काठमाडौ १६ चैत । नयाँ दिल्लीको एपोलो अस्पतालमा निधन भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पार्थिब शरीर भोली साँझ काठमाडौ ल्याइने भएको छ ।

आज निधन भएका खड्काका छोरा अहिले लन्डनमा रहेको र भोली विहान दिल्ली पुगेपछि अपरान्ह काठमाडौ ल्याउने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माले भने ‘छोरा अहिले लन्डनमा हुनुहुन्छ भोली विहान नयाँ दिल्ली पुगेपछि सम्भवतः भोली साँझ खड्काको शब काठमाडौ ल्याउँछौँ ।’ खड्काको आज अपरान्ह सवा ५ बजे निधन भएको हो ।