अभिषेक बच्चनलाई इशाले ‘भाइ’ नजरले हेरेपछि…

अभिषेक बच्चनलाई इशाले ‘भाइ’ नजरले हेरेपछि…

काठमाडौं । बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन् । उनको सुन्दरताकै कारण जोकोही उनलाई ‘ड्रिम गर्ल’ मान्दछन् । अभिनेत्री धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन् ।

हेमा इशाले आफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन् । उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन् । हेमा र अमिताभले कैयौं फिल्ममा सहकार्य गरेका छन् । अमिताभ हेमाका राम्रो साथी पनि हुन् । त्यहीकारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थइन् । हेमा अभिषेकलाई नजिकबाट चिन्थिन् । किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए । जुन कुराबाट हेमा प्रभावित थिइन् ।

तर, हेमाले सोचे जस्तो भइदिएन । इशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्, त्यहीकारण पनि उनले विवाहलाई अस्वीकार गरिन् । किनकि इशा अभिषेकलाई एक भाइको पमा हेर्थिन् । यहीकारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन् । इशाले बाल्यकालका साथीसँग विवाह गरिन् । उनका पति व्यापारी हुन् । यता अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे ।