प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन मतदान हुने

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन मतदान हुने

काठमाडौं । प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउने प्रयास असफल भएपछि अब मतदान गरेर जाने तयारी भएको छ । प्रदेशसभाबाट सभामुख सरोज यादवको अध्यक्षतामा गठित विशेष समितिले समेत प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नसकेपछि अब मतदानको सम्भावना बढेको हो ।

जनता समाजवादी पार्टी जसपा, माओवादी केन्द्र र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा प्रदेशको नाम मधेश नाम राख्नुपर्ने अडानमा छन् । तर, सत्तारुढभित्रकै नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एस भने जानकी प्रदेशको पक्षमा छन् ।

अब सहमति नजुटे आगामी माघ ३ गते बस्ने प्रदेशसभा बैठकमा मतदान गर्ने निर्णय भएको समितिका सदस्य एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहले बताए । स्थायी राजधानी जनकपुरधाममा राख्ने बारेमा भने सहमति भइसकेको छ ।