पूर्वगृहमन्त्री खड्काको निधन

पूर्वगृहमन्त्री खड्काको निधन

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको खबर छ। कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खड्काको भारत दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको थियो। मिर्गौला प्रत्यारोपण गरिएका खड्का संक्रमणका कारण उपचाररत थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा ट्विट गर्दै  नेता खड्काको निधन भएको जानकारी गराएका छन्।

खड्काकाे आत्माले शान्ति पाअाेस् भन्ने कामना गर्दछाै साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछाै ।