एमालेको जिल्ला अधिवेशन अन्र्तगत आज नेतृत्व चयन हुँदै

एमालेको जिल्ला अधिवेशन अन्र्तगत आज नेतृत्व चयन हुँदै

काठमाडौं, २४ पुस।नेकपा एमालेको जिल्ला अधिवेशन अन्र्तगत कतिपय जिल्लाले आज नेतृत्व चयन गर्दैछन् ।

हिजो बिभिन्न ६३ जिल्लाको अधिवेशन एकैपटक सुरु भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको हिजो उद्घाटन गर्नुभएको थियो । हिजो साँझ तथा राती अबेर सम्ममा कतिपय जिल्लाको नेतृत्व चयन भइसकेको छ । बाँकी रहेका जिल्लाहरूमा आज नेतृत्व चयनको काम सकिने एमालेका कार्यालय सचिब डा. विष्णु अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष ओलीले जिल्ला तहमा पनि सकेसम्म सहमतिका आधारमा कमिटि चुन्न आग्रह गर्नुभए अनुसार सहमतिकै आधारमा नेतृत्व चुनिएको डा. अधिकारीले बताउनुभयो ।

एमालेको १० औ महाधिवेशन भने यस अघि नै सम्पन्न भइसकेको छ ।