प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् । प्रधानमन्त्री पत्नी आरजु देउवा पारिवारिक कामले यसअघि नै दिल्ली पुगिसकेकी छन् ।





