संघीय संसदकोे संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी छन्। नयाँ संविधान बमोजिम पहिलो पटक गठन भएको संघीय संसदको बैठकमा पहिले पटक बिहीबार अपरान्ह ४ बजे संसद भवन नयाँवानेश्वरस्थित संसद भवनमा पुगेर राष्ट्रपति भण्डारीले संबोधन गरेकी हुन्।
संविधानको धारा ९५ को उपधारा बमोजिम पहिलो पटक निर्वाचित संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे संसद भवनमा पुगेकी थिइन्।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए।
सभमुखलाई बायाँ र उपराष्ट्रपति नन्दबहादुर पुनलाई दायाँ राख्दै संसदमा बसेकी भण्डारीलाई सभामुख महराको आग्रह बमोमिज प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति बुझाउन समय दिएका थिए। सरकारले तयार पारेको सम्बोधन बाचन गर्दै राष्ट्रपति भण्डारीले सबै तहको निर्वाचन सम्पन्न भएपश्चात मुलुक संघीय लोकतान्त्रिक नेपालको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको बताइन्।
यो विचमा संविधानले तय गरेको संवैधानिक व्यवस्था र राजनीतिक प्रणाली र संरचनालाई स्थापित गर्ने सफलता हाँसिल गरेको उनले बताइन्।
यसैगरी संविधान बमोजिम संघ र प्रदेशसभाको गठन, सबै तहमा सरकारको गठन तथा राष्ट्रपति, उपराष्ट्रपतिको चयन पश्चात देश संक्रमणकालको अन्त्य गर्दै राजनीतिक स्थायीत्व र समृद्धिकोे युगमा प्रवेश गरेको राष्ट्रपति भण्डारीले बताइन्। यी उपलब्धीकासाथै जनताद्धारा निर्वाचित संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा आफूलाई हर्ष र गौरवको अनुभूति भएको पनि उनले बताइन्।