देउवा पक्षले कृष्ण यादवलाई बनायो प्रदेश २ मा सभापतिको उम्मेदवार

देउवा पक्षले कृष्ण यादवलाई बनायो प्रदेश २ मा सभापतिको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज जनकपुरमा मनोयन दर्तासहितका कार्यक्रम गरिँदै छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन भई गर्ने र भोलि चुनाव गर्ने तयारी गरिएको हो ।

मतदाताको नामावली, उम्मद्वारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको काम आज गरिने छ । सर्लाही जिल्लामा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन रोकिएको थियो ।

कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ । रौतहटका सभापति यादवलाई सभापति शेरबहादुर देउवा पक्षले प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विमलेन्द्र निधि र शेखर कोइराला समूहले संयुक्त प्यानल बनाएर प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादवलाई अगाडि सार्ने तयारी छ । उनी पूर्व उपसभापति निधि निकट हुन् ।