काठमाडौं, १९ मंसिर।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका हुन् । उनीहरूले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् ।
पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् ।नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् ।सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अर्का निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित रहे ।